चस्माको कथा : आँखाको उज्यालो, आत्मविश्वासको प्रतिविम्ब

अर्जुन अधिकारी:
परिचय :
चस्मा — दृष्टिको साथी
चस्मा हाम्रो आँखाको साथी हो — दृष्टिको सहारा, आँखालाई घामको सितलता र जीवनको स्पष्टता दिने माध्यम। जब मानिसले पहिलोपटक दृष्टिसम्बन्धी समस्या अनुभव गर्न थाल्यो, त्यस क्षणदेखि नै समाधान खोज्ने प्रयास पनि सुरु भयो। यही खोजको यात्रा नै चस्माको कथा हो।
चस्माको प्राचीन इतिहास
इतिहासका पाना पल्टाउँदा देखिन्छ — हजारौं वर्षअघि नै प्राचीन रोमन र ग्रीक सभ्यतामा मानिसहरूले पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरी वस्तुहरू ठूलो पारेर हेर्ने प्रयास गरेका थिए। ती प्रयोगहरूले अप्टिकल सिद्धान्तको बीउ रोपेका थिए।
तर चस्माको वास्तविक विकास भने १३औँ शताब्दी तिर इटालीमा भएको मानिन्छ। सन् १२८६ तिर पहिलोपटक “रिडिङ्ग ग्लास” अर्थात् पढ्न सजिलो बनाउने लेन्स प्रयोगमा आएको उल्लेख पाइन्छ। त्यतिबेलाका चस्मा आजका जस्तो हलुका र आकर्षक थिएनन्, तर ती नवप्रयोगहरूले दृष्टि सुधारतर्फको मानव यात्रालाई नयाँ दिशा दिएका थिए।
नेपालमा चस्माको आगमन र विकास
नेपालमा चस्मा कहिले भित्रियो भन्ने ठ्याक्कै प्रमाण छैन, तर पुराना अप्टिकल व्यवसायी र नेत्र चिकित्सकहरूका भनाइ अनुसार, काठमाडौं, भक्तपुर, ललितपुर जस्ता सहरहरूमा राणा शासनकालतिर नै चस्माको प्रयोग सुरु भएको अनुमान गर्न सकिन्छ।
पुराना तस्बिरहरूमा राणा अधिकारी, व्यापारी तथा विदेशी पाहुनाहरू चस्मा लगाएको देखिन्छ। त्यसबेला चस्मा विदेशबाट ल्याइन्थ्यो— प्रायः उच्च पदस्थ व्यक्तिहरूको पहुँचमा मात्र थियो। पछि भारतमार्फत सस्तोदेखि केही महँगा चस्मा नेपाल भित्रिन थाले।
नेपाल आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ र तिलगंगा आँखा प्रतिष्ठान स्थापना भएपछि भने, देशभरका सर्वसाधारणले पनि चस्मा लगाउने अवसर पाउन थाले। आज नेपालमा सस्तोदेखि ब्रान्डेडसम्मका सबै प्रकारका चस्मा सहजै उपलब्ध छन्।
अप्टिकल सेन्टर — आँखाको सल्लाह केन्द्र
आजका दिनमा चस्मा पसलहरू केवल बिक्रीका केन्द्र होइनन्; ती आँखाको सल्लाह, मापन र विश्वासको थलो बनेका छन्। Eye Club जस्ता अप्टिकल सेन्टरहरूमा हरेक दिन फरक–फरक कारणले ग्राहकहरू आउँछन् —
कोही डाक्टरको सल्लाहमा, कोही साथीको सुझावमा, कोही फेसनका लागि, त कोही दृष्टि कमजोर भएर।
ग्राहकका केही रोचक प्रश्नहरू हरेक वर्ष दोहोरिन्छन् :
“यो चस्मा मलाई सुहाउँछ?”
“यो पावरको चस्मा कति समय लगाउनुपर्छ?”
“ब्लु–रे कट लेन्स पाइन्छ?”
“सस्तो र राम्रो कुन हो?”
“चस्मा लगाएपछि पावर घट्ला त?”
“अलि सस्तोमा मिलाइदिनु न, अहिले बजेट छैन।”
यी प्रश्नहरू २०६० सालदेखि सुन्दै आएको छु। त्यतिबेला म १६ वर्षको थिएँ — ती सब बुझाउन गाह्रो लाग्थ्यो। तर आज ती प्रश्नहरू मेरो दैनिक जीवनको हिस्सा बनेका छन्। यी संवादहरूले कहिलेकाहीँ ग्राहकसँग यस्तो आत्मीयता बनाउँछन्, जसले मलाई पनि गहिरो सन्तुष्टि दिन्छ।
मानवीय कथा र अनुभवहरू
कसैको पहिलो चस्मा बनाइदिनु केवल एउटा वस्तु दिनु होइन; त्यो त आँखामा नयाँ ज्योति जगाउने अवसर हो।
धेरै बालबालिका वा महिलाहरू सुरुमा लजाउँछन् — “कस्तो देखिन्छ?”, “लाज लाग्छ” भन्छन्। तिनलाई बुझाएर चस्मा लगाउन प्रेरित गर्नु एक किसिमको ‘काउन्सेलिङ’ हो।
वृद्ध ग्राहकहरू त झन् भावनात्मक हुन्छन्।
कसैले भन्छन् — “दालमा ढुङ्गा छुटाउन सक्दिन, श्रीमान्ले गाली गर्नुहुन्छ।”
अरूले भन्छन् — “सियो उन्दा देखिँदैन।”
जब म ती आँखामा चस्मा लगाइदिन्छु र उनीहरूको अनुहार उज्यालो देख्छु, त्यो क्षण शब्दभन्दा गहिरो अनुभूति हुन्छ।
एकदिन एउटा विद्यार्थीले भन्यो

“चस्मा नभएर स्कुल जान सकिनँ।”
त्यो सुन्दा मेरो आँखा रसायो।
त्यो क्षण मैले महसुस गरेँ — चस्मा बेच्नु होइन, उज्यालो बाँड्नु हो।
EYE CLUB ( आखाँ उपचार तथा ओरीजिनल पावर ग्लास सेन्टर)
BHANESHWOR SHNTINAGAR
PHONE NO. 9851174547
– सेवा गर्ने अवसर दिनुभयो भने हामी आभारी हुने छौ ।
१)आखाँ चेक अप विहान १० बजे देखि बेलुका ७ बजे सम्म गरीन्छ ।
२) प्रोग्रेशिप (नजिक टाडा ) पावर ग्लास ग्यारेन्टीका साथ लगाउदा सजिलो हुने गरेर बनाईन्छ।
३) हाई पावर लाई पातलो बनाई लाउन सजिलो बनाईन्छ
४) हामी सग पाईने ब्रान्डेट अरीजिनल पावर लेन्स जाईज जर्मन ,किल्फि US , सिङ्क्रोनी US लेन्स रहेको छ ।
५) mt polo र Gurkha को ओरीजिनल सनग्लास पाउनु का साथै अन्य ब्रान पनि पाईन्छ
६) पावर मा पोलोराइड तथा जुन सुकै कलर मा सनग्लास बनाईन्छ।
७) दश सेकेन्डमा कलर चेन्ज हुने फोटो फियुजन पावर ग्लास बनाईन्छ
९) डिजिटल लाईट बाट आखाँलाई असर नपर्ने पावर ग्लास बनाईन्छ ।
१०) गाडी चलाउदा बलेको हेड लाईट लाई ड्रीम लाईट बनाउन सक्ने जाईज को जर्मन ग्लास प्रयोग गरि चस्मा बनाईन्छ ।
लेखक अधिकारी सञ्चालक, Eye Club आँखा उपचार तथा अप्टिकल सेन्टर

फेसबुकबाट तपाइको प्रतिक्रिया