जापानको निर्वाचन: ताकाइचीलाई ऐतिहासिक सफलता

टोकियो । जापानमा ऐतिहासिक आम निर्वाचनमा “सुरक्षित र समृद्ध जापान” को नारासहित निर्वाचनमा होमिएकी प्रधानमन्त्री सानाए ताकाइचीले ऐतिहासिक सफलता हासिल गरेकी छन्।
आईतबार सम्पन्न जापानको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री ताकाइचीको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक सफलता हासिल गरेको हो । निर्वाचनको प्रत्यक्ष र समानुपातिक ४६५ सिटमध्ये एलडिपीले एक्लै ३१६ सिट जित्दै दुई तिहाइ बहुमत ल्याएको हो। युद्धपछिको जापानी राजनीतिमा एउटै दलले एक्लै दुई तिहाइ बहुमत ल्याएको यो पहिलो पटक हो ।
चुनावको संघारको टोकियोमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै ६४ वर्षीया प्रधानमन्त्रीले जापानमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कडा निगरानी र आर्थिक सुधारलाई सँगसँगै लैजाने उद्घोष गरेकी थिईन।
जनताको डर र चिन्तालाई हामी आशामा बदल्नेछौ भन्दै उनले आफ्नो ‘सानेनोमिक्स’ मार्फत जापानलाई फेरि विश्वकै शक्तिशाली अर्थतन्त्र बनाउने दाबी गरेकी थिईंन ।
सत्ता पक्षीय ताकाइचीको ‘लिबरल डेमोक्रेटिक पार्टी’ (LDP) ले यस पटक दुईतिहाइ बहुमत सहित ‘क्लिन स्विप’ लिएको छ ।
जापानको राष्ट्रवादी नेताको रूपमा ताकाइचीले आफ्नो कट्टरपन्थी र सुरक्षावादी एजेन्डाहरूलाई झन् कडा रूपमा लागू गर्ने निश्चित छ।
विदेशी श्रमिक र विद्यार्थीहरूका लागि भिसा प्रक्रिया र सुरक्षा नियमहरूमा नयाँ फेरबदल ल्याउन सक्छ। जापानको इतिहासमै पहिलो पटक यति शक्तिशाली बहुमत नेतृत्वको उदयले जापानीले आशको दियो र आप्रवासीले अबको नीति बारे के कस्तो हुने भनेर हेरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया