सूर्यमा मतदान गर्न प्रवासी नेपालीको आव्हान

जापान । नेकपा एमाले अध्यक्ष समक्ष प्रवासी नेपालीहरूले सूर्यमा मतदान गर्न सार्वजनिक आव्हान गरेका छन् । प्रवासी नेपाली मञ्चले आईतबार आयोजना गरेको बृहत् भर्चूअल भेला २०२६ मा प्रवासी नेपालीहरूले उक्त आग्रह गरेका हुन।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता र सचिव चानक पोखरेलले संचालन गरेका उक्त भेलामा विभिन्न देशका प्रवासी नेपालीहरूको उपस्थिति थियो ।

भेलालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले प्रवासी नेपालीहरू एकजुट भएर बस्न अपील गर्नु भयो । काम गर्ने शिलशिलामा कतै कमी कमhf]/L भएको होला, त्यसलाई आत्मसाथ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको अभियान साकार पार्न सबैलाई आग्रह गर्नु भयो । एमालेले प्रवासी नेपालीलाई विशेष एमालेको केन्द्रीय कमिटी सदस्यमा पहिलो पटक प्रवासबाट निर्वाचित सञ्जय थापाले प्रवासी नेपालीहरूको समस्त समस्याको बारेमा जानकारी दिनु भएको थियो ।
प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटीले तयार पारेर बजारमा ल्याएको ‘मै पनी एमाले हुँ’ भन्ने निर्वाचन गीतको उद्घाटन गरी औपचारिक शुरुवात समेत गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया