एमसिसीबारे अनावश्यक शंका उपशंका नगर्न सञ्चारमन्त्री बाँस्कोटा आग्रह

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसीका सम्बन्धमा तथ्यहरु एकातिर राखेर क्रान्तिकारी बनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

एमसिसीसम्बन्धी सहयोग विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका साथै सडक पूर्वाधार स्तरोन्नतिमा खर्च गरिने प्रष्टयाउँदै उनले एमसिसीबारे अनावश्यक शंका उपशंका नगर्न आग्रह गरेका छन् ।

मसिसी सहयोग सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर ‘स्याल’ले जस्तो कराउनुको कुनै अर्थ नभएको उनको भनाइ थियो ।  मानवीय क्षमता र साधन स्रोतको प्रयोग तथा पूँजी र प्रविधिको संयोजनद्वारा नै समृद्धि हासिल हुने भन्दै उनले भारतसँग विद्युत् व्यापारसम्बन्धी सम्झौता भइसकेको अवस्थामा विद्युतीय क्षेत्रको विकासका लागि आउने सहयोगमा अवरोध गर्नेगरी वहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने प्रयत्न भएको जिकिर गर्नु भयो ।

एमसिसी परियोजनाको लेखा प्रणाली नेपाल स्वयम्ले नै हेर्ने व्यवस्था रहेको जानकारी दिँदै उनले लगानी गरेको हिसाबले अमेरिकाले पनि चासो राख्न सक्ने बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया