सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाए: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा हो(हल्ला गर्ने सहर बजारका मान्छेहरूले जनताका मुक्तिदाता भएको भ्रम पार्न खोजिएको बताएका छन् ।
पार्टीको चुनाव चिह्न ‘तारा’ बोकेर रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै प्रचण्डले दशकौँ लडाइँ र तपस्यासहित विचार बोकेर आएका दलहरू सिद्धिसके भनेर हल्ला फिँजाइएको टिप्पणी गरे ।
उनले भने, ‘सोसल मिडिया हेर्‍यो भने । सहर(बजारका मान्छेका हो(हल्ला हेर्‍यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यीनको अब काम छैन भन्याजस्तो ।

दाहालले आउने दिनमा पार्टीलाई बलियो बनाउन, राष्ट्रको एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझ सशक्त बनाउन संकल्प गर्नुपर्ने बेला आएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया