एनआरएनए दक्षिण कोरियाले कोरोना परिक्षण सामाग्री नेपाल पठायो

कोरिया । बिश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)परिक्षण सामाग्री गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाले नेपाल पठाएको  छ ।

‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट  किनेर पठाउने निर्णय बमोजिम आज बिहिबार कार्गो गरि पठाएको संघका उपाध्यक्ष संजीब राईले जानकारी दिनुभयो । दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सन्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो । दुई हजार किट संकलन गर्ने उदेश्यका साथ सुरु भएकोे अभियानमा नेपालीहरुको उत्साहजनक सहभागीता को कारण अझ धेरै सामाग्रीहरु कोरियाबाट साथै चीनबाट खरिद गरि सम्पुर्ण सामग्री दुताबासको समन्वयमा नेपाल सरकारलाई हस्तान्तरण गरिने जनाएको छ ।

एनआरएनए दक्षिण कोरियाले कोभिड किट ४ हजार,आरएनए मिनीकिट ४ हजार,पिपिई सेट ५ सय कार्गो गरि पठाएको उपाध्यक्ष राईले बताउनु भयो ।

शुक्रवार भोली कोरियन एयरको सौल काठमाडौ चार्टर्डउडानले किटस् नेपाल लाने छ । कोरोना भाइरस संक्रमण भए-नभएको छोटो अबधिमै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरे पनि विमानस्थल पुर्ण रुपमा अबरुद्ध हुदा साथै आवश्यक तापक्रममा किट पठाउनु पर्ने भएकाले केहि ढिला भएको एनआरएनए दक्षिण कोरियाको अध्यक्ष यज्ञराज सुबेदिले जानकारी  गराउनु भएको छ ।

एनआरएनए दक्षिण कोरियाले चीनबाट आउने समाग्रीमा गाउन पीपीइ सेट २००० थान, एन–९५ मास्क १०००० थान, सर्जिकल मास्क २००००, गगल्स २०००, प्रोटेक्टिङ भाइजर २०००, ग्लोब १०००० र आइआर थर्मोमिटर ५०० थान रहेको जनाएको छ ।

कोरोनाको यस संकट घडीमा कोरियामा रहेका सहयोगी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्याबाद दिदै एनआरएनए कोरिया बैधानिक संस्था भएकोले लेखा समितिबाट रुजु हुना साथ १-२ दिन भित्रै आयब्यय पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने जनाएको छ । साथै आवश्यकता अनुसार सबै प्रदेशमा वितरणको लागि पत्र लेखि नेपाल सरकारलाई अनुरोध गरिएको पनि उपाध्यक्ष राईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया