राष्ट्रिय संगीतकर्मी संघद्धारा २५० जना कलाकारलाई राहत बितरण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको राष्ट्रिय संगीतकर्मी संघद्धारा कोरोना भाइरस (कोभिड –१९)को कारण देश लकडाउनको अवस्थामा राष्ट्रिय संगीतकर्मी संघले दुःख र समस्यामा परेका कलाकारहरुलाई खाद्यान्न लगाएतका सामग्री बितरण गरेको छ ।

संघले दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकारहरुलाई खाद्यान्न लगाएतका सामग्री बितरण गर्ने कामलाई एघारौ दिनसम्म पनि निरन्तरता दिएको संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।

संघले आजसम्म आइपुग्दा करिव २५० जनालाई राहत बितरण गरेको जनाएको छ । राष्ट्रिय संगीतकर्मी संघले एघारौं दिनमा कलाकर्मी, अपाङ्ग ,भिन्न क्षमता भएका र समस्यामा परेका २५० जनालाई राहत बितरण गरेको बताइएको छ ।  हास्य कलाकार इकुको स्नेहा बाल गृहमा समेत राहत बितरण गरेको संघले सबै बिधाका कलाकारलाई समेत राहत बितरण गरेको संस्थाका महासचिव बिक्रमजंग शाहले जानकारी दिएका छन् ।  राहत बितरण कार्यक्रममा पहिलो टोलीमा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की ,सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएत रहेका थिए भने दोस्रो टोलीमा संस्थाका महासचिव तथा बिपद ब्यबस्थापन समितीका संयोजक बिक्रमजङ शाह, केन्द्रीय सदस्य सिर्जु अधिकारी र तेस्रो टोलीमा उपाध्यक्ष अमृत खाती , महिला उपाध्यक्ष उमा श्रेष्ठ, सुमि श्रेष्ठ लगाएत रहेका थिए ।

हरेक मानबिय कार्य र कलाकारलाई पिर मर्का पर्दा अग्र भागमा रहेर लागि पर्ने यो संघले कोरोना भाइरसको कारण विश्व नै आक्रान्त भैरहेको अबस्थासंगै बिगत १८ दिन देखि लकडाउनमा बिपतमा परेकालाइ राहत बितरण गरेर मलम पट्टि लगाउने काम गरेको छ ।

संघको पहलमा केन्द्र आजिबन सदस्य सस्थाका पदाधिकारी मार्फत जुटाइएको सहयोग मार्फत यो राहत बितरण गरिएको र संघले जिल्ला, प्रदेश र केन्द्रिय समितिको सिफारिसमा काठमाडौमा रहेका कलाकर्मीलाई यो राहत बितरण गरिएको संघका केन्द्रिय उपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया