जापान । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण संख्या दैनिक जसो बढ्दै गएको बेला आज टोकियोमा केहि घटेको छ ।
कोरोना भाइरसको संक्रमित आज अप्रिल १२ तारिख १६६ जना पुगेको छ । आईतवार आज साँझ ५ वजेपछि टोकियोभित्र १६६ जना भन्दा बढीमा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हिजो १९७ जनामा पुष्टि भएको थियो । टोकियोभित्र मात्र २ हजार ६८ जना पुगेको छ ।
जापानभर कोरोना भाइरस संक्रमणबाट जापानमा ८ हजार भन्दा बढी संक्रमित भएका छन भने १ सय ४८ जनाकाे मृत्यु भएकाे जापानी संचार माध्यमहरूले जनाएका छन । सरकारले जापानको ७ प्रान्तमा अप्रिल ७ बाट में ६ तारिख सम्म कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया