जापानमा ग्लोवल होम कम्पनीले निशुल्क मास्कसहित खाद्यान्न सामग्री वितरण गर्ने

टोकियो । जापानमा कोरोना भाईरसका कारण आर्थिक समस्यामा परेका नेपालीहरुको लागि ग्लोवल होम नेटवर्क  कम्पनीले मास्कसहित खाद्यान्न सामग्री वितरण गर्ने भएको छ । टोकियोस्थित शिन-ओकूबोमा कार्यालय रहेको कम्पनीले समस्यामा परेका बिशेषत: विद्यार्थीहरुसहित अन्य भिषामा रहेकाहरुको नेपालीको लागि प्रति परिवार ५ किलो चामल, १ किलो दाल र २ वटा मास्क वितरण गर्ने भएको हो ।

जापान आएको एकबर्ष पुरा नभएकाहरु र काम नभएर दैनिकीमा समस्या पर्नसक्नेहरुको लागी यस्तो निर्णय गरिएको ग्लोबल होम नेटवर्ककले जनाएको छ ।लामो समयबाट जापानमा रहनु भएपनि अन्य प्रान्तबाट गएको एकमहिना भित्र टोकियो, खानागावा,साइतामा चिबा आउनुहुने महानुभावहरुले समेत उक्त सहयोग ग्रहण गर्न सक्ने जनाएको छ । कम्पनीका सीईओ तथा एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष हालका सल्लाहाकार, कास्की पोखरा समाज जापानका संरक्षक समेत रहनुभएका शिब प्रसाद पौडेलका अनुसार सहयोग वितरण अउँदो मे १ तारिख सुरु गरिने जानकारी दिनुभयो । यध्यपी खाध्यान्न समस्या परेका महानुभाबहरुले भने आफुले चाहेकै मितिबाट प्राप्त गर्न सक्नु हुनेछ। कोरोना भाईरसका कारण कामगर्ने ठाउँ बन्द हुँदा भर्खर जापान आएका व्यक्ति र परिवार समस्यामा पर्न थालेको गुनासा सुन्नमा आएपछि आफुहरुले यस्तो निर्णय लिएको कम्पनीको भनाई छ ।

खाद्यान्न ग्रहण गर्न चाहने महानुभाबहरु आफुहरु रहेको नजिकको पायक पर्ने स्थानबाट ग्रहण गर्न सक्ने समेत कम्पनीले जनाएको छ । खाद्यान्न सहयोग लिन चाहने व्यक्तिहरुले तल उल्लेखित फोन नम्वरमा फोन गरेर जानकारी समेत लिन सक्ने पनि जनाएको छ । शनिवार र आईतबार सहित जापानको सार्वजनिक बिदाको दिनमा भने १२ बजे देखी अपरान्ह ४ बजेसम्म उपलब्ध गराइने छ।

जापानको एकमात्र रियलस्टेट कम्पनीको रुपमा रहेको ग्लोबल होम नेटवर्कले फुदोसान, ईन्टरनेट सम्वन्धी सेवा जापानवासी नेपालीहरुलाई सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।

सम्पर्कको लागि :-

  • गुरुङ : ०८० ३३६१ ९८१६
  • थापा : ०८० ३८९८ ४३२१
  • श्रेष्ठ : ०८० ३७३४ २८४१
  • भण्डारी ०९० ६०१३ ४६७२
  • पौडेल ०८०६५२७७४७९
  • सुवेदी ०९०९३२८५०१८

कार्यालय

  • ०३५९३७६९५८,०८० ४११७ ७४७९,०८० ४१५६ ७४७९
  • ठेगाना:- 東京都新宿区百人町1ー 17ー5メゾンオグラ305 ओकूबो तथा सिनओकूबो स्टेसन नजिक

फेसबुकबाट तपाइको प्रतिक्रिया