इन्दिरा खनाल,टोकियो । जापानमा १ जना नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्केकी छिन् ।अप्रिल २ तारिख कोरोनको संक्रमण पुष्टी भई अस्पताल भर्ना भएकी उनी स्वास्थलाभ लिदै बुधबार घर फर्केकी हुन् ।
जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिदै नेपाली युवती स्वस्थ भएर घर फर्केको बताउनुभयो । जापानको ईबाराकी केनमा बस्दै आएकी उनी वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्थिन । अध्ययन पश्चात कामदार भीषामा परिवर्तन गरेकी उनलाई कार्यस्थलबाटै सरेको थियो । उमेरले २१ पुगेकी उनी चुकुवा सान्गुचीमा बस्दै आएकी छिन् । बुधबार जापानको टोकियोमा थप १ जना नेपाली युवामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
यो संगै जापानमा संक्रमित नेपालीको संख्या ३ पुगेको छ भने १ जना निको भई २ जना उपचाररत छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया