काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई लाख २ हजार नागेको छ ।
आइतबार विहानसम्म २ लाख २ हजार ९७३ जना निधन भएको छ । यो समचार तयार पार्दासम्म विश्वमा २९ लाख १२ हजार ८१८ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ लाख ३२ हजार ८५९ जना उपचारपछि घर फर्किएका छन् । अहिले कोरोनाको कारण ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर छ । कोरोनाबाट अमेरिकामा ५४ हजार १ सय २१ जनाको मृत्यु भएको छ । इटलीमा २६,३८४, स्पेनमा २२,९०२, फ्रान्समा २२,६१४, बेलायतमा २०,३१९ जनाको मृत्यु भएको छ ।
कोरोनाको उद्गम स्थल चीनमा भने ८२,८१६ संक्रमित च ४,६३२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया