जापानमा थप एक नेपालीलाई कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४ पुग्यो

टोकियो । जापानमा फेरि थप एक नेपालीलाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । राजधानी टाकियो नजिक कानागावा प्रान्तको योकोहामा बस्दै आएका अर्याल थरका ४८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको नेपाली राजदुतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।

केहिदिन अघि ज्वरो तथा रुघाखोकी देखापरेपछि अस्पत्ताल पुगेका उनलाई कोरोनाको परिक्षण गर्दा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै बसेर औषधि सेवन गरिरहेको जनाएको छ । परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा भने हालसम्म संक्रमण नदेखिएको जनाईएको छ ।

जापानमा यो संगै कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ । संक्रमित मध्ये इबाराकीमा एक् नेपाली युवती निको भई घर फर्किइएकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया