एक करोड बढी रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौं । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रहरी सहायक निरीक्षक कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा एक करोड आठ लाख ९९ हजार एक सय चौरासी रुपैंयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया