टोकियोमा आज ४७ जना कोरोना संक्रमणसहित ४१०६ पुग्यो,११७ जनाको मृत्यु

जापान । टोकियोमा बुधबार मात्र  ४७ जनामा कोरोना संक्रमण पुष्टिसहित संक्रमित संख्या ४१०६ पुगेको छ ।  आज बुधबार अप्रिल २९ तारिख ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख छ । हिजो ११२ जनामा संक्रमण देखिएको थियो ।

टोकियोमा पछिल्ला केहि दिनयता घटेको छ । यद्यपी निरन्तर २ दिन घटेर हिजो भने ११२ जनामा संक्रमण पुष्टि भएको थियो । जापानको राजधानी टोकियोमा आज ९ जनाको कोरोनाको कारण मृत्यु भएसंगै हालसम्म ११७ जनाको मृत्यु भएको टोकियो महानगरपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया