टोकियोमा आज ४६ जनामा कोरोना संक्रमण,आपतकाल एक महिना थप्ने तयारी

जापान । टोकियोमा आज विहिबार  ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिसहित संक्रमित संख्या ४१५२ पुगेको छ । राजधानी टोकियोमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख छ । हिजो बुधबार अप्रिल २९ तारिख ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टोकियोमा पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमित संख्या घटेको छ । आजसम्म टोकियोमा १४२४ जना उपचारपछि घर फर्केका छन् । टोकियोमा आज ३ जनाको कोरोनाको कारण मृत्यु भएसंगै हालसम्म १२० जनाको मृत्यु भएको टोकियो महानगरपालिकाले जनाएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरस संक्रमणको अवस्था सोचेजतिको सामान्य नभएकोले  मे ६ तारिखपछि आपतकाल थप्न सकिने स्पष्ट पारेका छन् । बिहिबार साँझ प्रधानमन्त्री निवासमा पत्रकारहरुसँग बोल्दै मे ७ तारिखबाट पुरानै अवस्थामा फर्कन कठिन भएको बताउदै थप केही धैर्यताको लागि तयार रहन नागरिकलाई अनुरोध गरेका छन् ।  प्रधानमन्त्री आबेका अनुसार आपतकाल एक महिना विस्तार गर्न सकिने जनाउ दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया