इटहरी । गोर्खाज फाईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ ।
फाईनान्सले कोरोना भाईरस महामारी रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फाईनान्सका संचालक डेकिन्द्रकुमार राई तथा गोर्खा समूहका अध्यक्ष पुरन्जन राई, गोर्खा समुह सदस्य यादप राई, खोटाङ् जिल्ला संघीय सांसद बिसाल भट्टराईको उपस्थितिमा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ्ले उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो ।
मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीको बिषम परिस्थितिमा फाईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया