टोकियो । कोरोना भाइरस (कोभिड-१९)को प्रभाव न्यूनिकरण गर्न जापान सरकारले प्रदान गर्ने एक लाख येन वितरण सुरु संगै विद्यार्थीहरुलाई पनि जापान सरकारले छुट्टै १ लाख राहत प्याकेज ल्याउन प्रस्ताव आएको छ । विद्यार्थीहरुलाई पनि छुट्टै १ लाख राहत प्याकेज ल्याएको आसाही पत्रिकामा समचार छ ।
जापानका शिक्षामन्त्री कोइची हागीताले “म यसलाई सकेसम्म चाँडो गर्न चाहन्छु” भनेका छन । सत्तासिन कोमेइ पार्टीका महासचिव टेत्सुओ साईतोले में ८ शुक्रवार शिक्षामन्त्री हागीतासँग भेट गरेर १० मान अर्थात १ लाख येनको नगद लाभको लागि प्रस्ताव हस्तान्तरण गरेको बताएका छन । कोरोनाको कारण आर्थिक प्रभाव बढ्दै गइरहेको बताउदै विद्यार्थीहरूलाई स्कूलमा जान सहायोग पुग्ने बताएका छन । यो प्रस्तावलाई उनले राष्ट्रियरूपमा प्रदान गर्ने १० मान येन लाभबाट अलग कार्यान्वयन गर्न माग गरेका छन । बैठकपछि साईतोले पत्रकारलाई भने, तत्काल यो एक हप्तामा शुरू हुने लक्ष्य व्यक्त गरेका छन ।
यो अभियानमा ५ लाख स्कूले विद्यार्थीहरू,विश्वविद्यालय र स्नातक विद्यार्थीहरूसाथमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पर्ने भएका छन् । जसको आय कम स्तर छ त्यस्तालाई बसोबास कर पनी छुट गर्न भनिएको छ । साथै यस अभियानमा ५० मिलियन येन बजेट खर्च हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया