जापानमा आपतकाल घोषणा ३९ प्रान्तमा रद्द,टोकियोसहित ८ क्षेत्रमा यथावत

टोकियो । जापान सरकारले यसअघि देशभर घोषणा गरेको आपतकाल ३९ प्रान्तमा रद्द गरेको छ । प्रधानमन्त्री शिन्जो आबेले एक् महिनाअघिबाट जारी गरेको आपतकाल कोरोना संक्रमण बढ्ने क्रम घटेको क्षेत्रमा आपतकाल हटेको घोषणा गरेका छन । बिहिबार प्रधानमन्त्री निबासमा आयोजित पत्रकार सम्मेलनमा आबेले उक्त घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री आबेले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेकाले सजगता अपनाउन नागरिकलाई आग्रह गरेका छन ।

प्रधानमन्त्री आबेले सल्लाहकार परिषद र बिज्ञहरुसँगको छलफलपछि ३९ प्रान्तमा आपतकाल रद्ध भएको   घोषणा गरेका हुन । कोरोनाको उच्च संक्रमणका कारण टोकियो,कानागावा,साइतामा, ओसाका ,फुकुओका, होक्काइदो,ह्योगोमा भने आपतकाल कायमै रहेको जनाएको छ ।

कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सरकारले चालेका कदमलाई साथ दिएको भन्दै प्रधानमन्त्री आबेले नागरिकलाई आभार ब्यक्त गरेका छन ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया