पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइलाई जापानबाट खुल्ला पत्र

डा.साप नमस्कार । आराम छु,आरामको कामना गर्दछु।पछिल्लो केही समयमा सामाजिक संजाल र केही व्यक्तिगत अनलाइनहरुमा देखिएका तपाईसंग सम्बन्धीत धेरै अनावश्यक भ्रम, टिका टिप्पणीहरु सुने,देखेर पढेपछि तपाईंलाई केही सुझावहरु नदिई मनले वस्नै मानेन र यो पत्र लेख्दैछु ।  सीमा सम्बन्धी समस्या सिंगो राष्ट्र,हामी सबै राजनीतिक पार्टीहरु मिलेर एउटै आवाज बनाएर कुटनीतिक तरिकाले हल गरौं भनेर किन संसदमा बोल्नुभयो ?

किन यो काम संसदले गर्नै पर्ने काम भनेर अरुले भन्दा चर्को स्वरमा बोल्नुभयो रु सीमा सम्बन्धी कुरा पनि संसदमा गर्ने होर रु होईन नी ,मुर्ख बाबुराम यो त सडकमा चुनाब आएको वेलामा पो गर्ने हो त । अनि पो एकातिर राष्ट्रबादी भइन्छ भने अर्कोतिर चुनाबमा बहुमत आउछ । सीमा विवाद सकेसम्म बार्तावाट हल गर्ने र नभए अन्तराष्ट्रियकरण गरेर भएपनि दिर्घकालीन रुपमा समाधान गर्ने कुरा किन गर्नुहुन्छ ? ,यो त गर्नै हुन्न, किनकी अरिंगालहरुलाई हरेक चुनावमा राष्ट्रबादी देखिनुलाई मसला हो । हरेक बर्ष सीमा विवाद देखाएर जनतालाई आफुँ देशको लागि लडिरहेको भ्रम पारेर देश लुटन छ । राज्यवाट पाउने आफ्नो सेवा सुबिधा, सुरक्षा कटाएर संसदमा निर्धक्कसंग उभिएर कोरोनाका कारण रोजगारी गुमाएका मजदुरहरूको गास,वास, कपास सहित व्यवस्था गर्नुपर्छ भन्ने अधिकार तिमिलाई कस्ले दियो ?

तिमी चुपचाप बस र राज्यबाट पाएको सुबिधा थपि थपि लेउ, अनि बल्ल तिमी सज्जन र राष्ट्रबादी हुनेछौ। मजदुर, दलित,किसान र उत्पीडित वर्गको  पक्षमा बोल्यौ भने तिमी विखण्डनकारी र बिग्रेको विद्वान कहलिने छौ त्यसैले तिमी चुपचाप बस । विश्वब्यापी महाव्याधीको  रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र नेपालमा बढ्दै गइरहेको यसको प्रभाव,यसले पार्न सक्ने थप असरप्रति सरकारको उदासिनता,ढिलासुस्ती,स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता तथा भ्रष्टाचारको विरुद्दमा बोलेपछि तिमी कसरी राष्ट्रधाती र बिदेशिको दलाल सावित हुदैनौं र होइन, राष्ट्रबादी बन्नु छ भने त तिमी चुपचाप बस न , कोरोना आओस त आओस, मान्छे मरुन त मरुन,भ्रष्टाचार होस त होस यहा राष्ट्रबादको फन्डाको कुरो छ बस् तिमी चुप लाग । राज्यबाट तिम्रो व्यक्तिगत सुरक्षाको लागी प्राप्त सुरक्षा टोलिलाई म त यसै पनि जनताको सुरक्षामै छु तपाईंहरु सिमाना र सिमानका जनताको सुरक्षामा सहयोग गर्नुहोस भन्दै किन फिर्ता पठायौ ?  त्यो पनि कार्यक्रम नै गरेर, तिमिले  पनि अरुले जस्तै ४०९५० जनाको लावा लस्कर लगाउन पर्थ्यो । नव श्री ५ छोटे सरकार जस्तै साइरन बजाउँदै देखाउन पर्थ्यो । तब न  तिमी राष्ट्रवादी कहलिन्थ्यौ ।

रोजगारीका लागी बाध्यतावश बिदेशिएका मजदुरहरु बिदेशमा अलपत्रपर्दा र स्वदेश फर्कन पाँउ भन्दै गरेको अलापबाट तिमी किन भाबुक र बिक्षिप्त बन्दै सरकारलाई लौन केही गरम भन्न जन्छौ ?  यसमा नै तिम्रो राष्ट्रियता माथि शंका छ , किनकी तिमी पनि तिनी मजदुरहरुलाई भन्न सक्तैनौ तिमीहरु जस्तोसुकै समस्यामा परे पनि चाहे बाँच या चाहे मर तर नेपाल आउन मिल्दैन नेपाल सरकार अहिले कसैलाइ ल्याउन  सक्ने अबस्थामा छैन।तिमिहरुलाई नेपाल प्रवेश गराएर देश सोत्तर पार्नु छैन् भनेर केपीको भाषा बोल् ।  तिमी भाषणहरुमा,प्रशिक्षणहरुमा र बहसहरुमा  प्रतिस्पर्धिहरुलाई तल्लो स्तरको गाली गर्दैनौं, किन उखान् तुक्का, कथा र चुट्किलाहरु भन्दैनौं ? किन समृद्दि  र नेपाली जनताको जीबनस्तर उकास्ने कुरा गरीरहन्छौ ? किन विकास  र योजनाका कुरा गरिरहन्छौ ? अर्थमन्त्री हुँदा किन त्यत्रो  राजस्व उठाएकोरु प्रधानमन्त्रीहुँदा किन बाटो बिस्तार गरेकोरु किन सेना सेना समायोजन गरेको रुकिन राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर देशलाई बिकासको गतिमा अधि बढाउन खोजेको ?  किन दलितका,महिलाका,मधेशीका र जनजातिका अधिकारका कुरा गरेको ? किन हिमाल,पहाड र तराइको एकताले मात्र देश बलियो हुन सक्छ र त्यसले मात्र समृद्दिसहित समतमुलक समानता  ल्याउन सक्छ भनेको  किन अरु भन्दा अलि टाढा सम्म देख्न सक्ने भएको  तिमि किन अरु भन्दा अलि फरक छौं रु अर्थमन्त्री,प्रधानमन्त्री भएर पनि किन काठमाण्डौंमा महल नबनाएकोरु उल्टो  अरुले बनाएको महललाई  बिना जागिर,बिना ब्यवसाय कसरी महल बन्यो भन्छौ जाबो काठमाण्डौंमा एउटा महल नहुनेलाई  के को देशको माया होला ,त्यही भएर त तिमीमा  राष्ट्रबाद छैन ।

राष्ट्रबादी बन्न तिमीपनी अरुजस्तै केही नबन् , केही नगर, केही नबोल। समग्र देश र जनताको भन्दा आफ्नो बारेमा सोच अनि बल्ल तिमी राष्ट्रवादी बन्छौं ।

चण्डिका अंगाईं-खोप्लांग,गोरखा हाल टोकियो,जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया