जापानको तोचिगीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

टोकियो । जापानको तोचिगी केनमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ छ । विहिवार तोचिगीको उचुनोमियामा पौडी खेल्नेक्रममा डुबेर झापाका एक २२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

नेपालबाट विद्यार्थी भिषामा सन् २०१८ मा जापान आएका उनी सापकोटा थरका हुन् । उनी बिहीवार अपरान्ह ३ बजे स्थानीय खिनुगावा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीसँगै पौडी खेल्न गएका साथीहरुले खोजी गरे पनि पत्ता नलागेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए । उनको दुई घण्टापछि मात्र प्रहरीले खोलाबाट भेटाएको थियो । उनी त्यहाँ आफ्ना साथीसँगै बार्बीक्यू गर्न गएका थिए । साथीहरु खोला किनारमा रहेको बेला उनी खोलामा पौडी खेल्न हाम फालेकोसँगै रहेका साथीहरुले बताएका छन् ।

उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया