कोरोनाका कारण जापानबाट नेपाल फर्कन परेका नेपालीले भर्ने फारम खुल्यो

टोकियो । नोभल कोरोना भाईरसका कारण नेपाल फर्कन नसकेका वा नगई नहुने अवस्थामा परेका नेपालीहरुले भर्ने फारम खुलेको छ ।

नेपाली राजदुतावास जापानले १६ जेठ २०७७ अर्थात २०२० में २९ तारिख एक सुचना जारी गरि उक्त फारम खुलाएको हो दुतावास जापानका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०२।१२ को निर्णय अनुसार स्वीकृत “कोभिड-१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकतलाइ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम कोभिड -१९ को महामारीको परिणामस्वरूप नेपालमा बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने वाध्यता भएका जापानमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाइ प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्ने प्रयोजनका लागि विवरण चाहिएको हुँदा आफ्नो यथार्थ विवरण फारमको लागि दुतावासको वेवसाईट  https://jp.nepalembassy.gov.np मा TRAVEL TO NEPAL FORM गएर https://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/ भर्न सक्नु हुनेछ । वा यहि तलको लिंकमा क्लिक गरेर समेत भर्न सक्नु हुनेछ । फारम भर्न २०२० जुन ५ तारिखसम्म समय तोकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।


FlickrYouTEmail

 

फेसबुकबाट तपाइको प्रतिक्रिया