काठमाडौं । लिम्पियाधुरा,कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् ।
राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।
साथै कोरोना भाइरसको महामारीविरुद्ध पनिएक भएर लड्ने विश्वास व्यक्त दिएकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया