पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७-७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार पोखरामा प्रदेश सभाको बजेट अधिवेसनमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमहरु कम छन भने पुराना कार्यक्रमहरुले निरन्तरता पाएका छन ।
चालु आर्थिक वर्षमा प्रदेशको वार्षिक आर्थिक वृद्धिदर ९।३ प्रतिशत हुने लक्ष्य राखेको छ ।आधारभूत आवश्यकताको रुपमा हेरिएको एक घर एक धारा, उज्यालो प्रदेश जस्ता कार्यक्रमहरु निति तथा कार्यक्रममा निरन्तरता पाएका छन् ।नीति तथा कार्यक्रममा कोरोना भाइरसबाट भएको क्षति र यसका लागि राहत कार्यक्रम ल्याउन विशेष महत्व दिइएको छ । कोरोना भाइरसबाट पीडित भएकाहरुका उद्धार गर्न लागि जीवन रक्षा कोष स्थापना गरिनेछ । यो कोषबाट विभिन्न क्षेत्रमा पीडित भएकाहरुका लागि क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यो कोषमार्फत रोजगार दिने, स्वरोजगार बनाउने, तालिम उपलब्ध गराउने र अन्य विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गरिने पीडितहरुको उद्धार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै कोरोना रोग विरुद्धका लड्नका लागि समेत विशेष कार्यक्रमहरु घोषणा भएका छन । कोरोना उपचार कोषमा थप १५ करोड राखेर ३० करोड पुर्याइएको छ । निजी क्षेत्रबाट ३ करोडभन्दा बढी रकम संकलन भएको बताइएको छ । कोरोना विरुद्ध लड्नका लागि व्यापक परीक्षण र संक्रमितहरुको निःशुल्क उपचार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
संकटमा परेका व्यवसायलाई विशेष उत्थान कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । पीडितहरुलाई सहुलियन कर्जा उपलब्ध गराउने, चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा थप जोड दिँदै आगमी ३ वर्ष भित्र सवै नागरिकलाई स्वास्थ्य विमाको पहुचमा पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै एकीकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख छ । विभिन्न जातजातिको मातृभाषा सरंक्षणमा विशेष जोड दिने प्रदेशको उद्देश्य छ । यसका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरिने भएको छ ।
शिक्षा क्षेत्रमा समेत नीति तथा कार्यक्रमको विशेष जोड दिएको पाइन्छ । प्रदेशकै ५०० शैय्याको शिक्षण अस्पताल बनाउने उल्लेख गरिएको छ । प्रदेश सरकारले केन्द्र सरकारसँगको सहकार्यमा प्रयोगशाला परीक्षणसहितको अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा आवसीय बनाउने उल्लेख छ । उच्च शिक्षालाई प्रविधिमैत्री बनाइने र भर्चुअल माध्यमबाट शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख छ ।
कृषि क्षेत्रमा समेत केही नयाँ कार्यक्रमहरु परेका छन । बाझो जग्गालाई उपयोग गर्ने नीति लिएर चक्लाबन्दी कार्यक्रमलाई विस्तार गर्ने उल्लेख छ । कृषकलाई बजारको अभाव हुन नदिने कृषक र व्यापारी विच आग्रीम करारको अवधारणा अगाडि सारिएको छ । एक पालिका एक पकेट क्षेत्र कार्यक्रम विस्तार गर्ने, व्यावसायिक तालिम कार्यक्रम र सहुलितय दरमा ऋण उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाएका छन ।
निजी क्षेत्रसंग सहकार्य गरेर दुधमा आत्मनिर्भर गराइने उल्लेख छ । त्यस्तै पोखरालाई हवाईमार्ग मार्फत देशका प्रमुख सहर र मित्र राष्ट्रहरुसंग जोड्ने नया कार्यक्रम अगाडि ल्याइएको छ ।
लेकसाइडमा कोमागाने हरित पार्क, म्याग्दीमा गुरास पार्क र पञ्चासेमा सुनाखरी पार्क बनाउने नया कार्यक्रम निति तथा कार्यक्रममा राखिएको छ । आगामी २ बर्ष भित्र ५५२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । १४४ पुल निर्माण गरिने समेत कार्यक्रम अगाडि आएको छ । आगामी आर्थिक बर्ष भित्रमा १२१ भmोलुंगे पुल निर्माण सम्पन्न गरिनेछ ।
संघ सरकारसगको सहकार्यमा अत्यधुनिक प्रदेश सभा भवन बनाइने उल्लेख छ । कारोना कारण उज्यालो प्रदेश घोषणा कार्यक्रम आगामी बर्ष सारिएको छ । विद्युत नपुगेको ठाउमा राष्ट्रिय प्रासरण लाइनबाट जाडिने र तत्काल असंभव भएको ११६० घरधुरीमा सौर्य उर्जा मार्फत विद्युत पु¥याइनेछ । विद्युतीय चुलोमा अनुदान दिइने समेत कार्यक्रममा उल्लेखि छ । प्रदेश खानेपानी गुरुयोजना तयार गरिनेछ । एक घर एक धारा योजना निरन्तरता दिइनेछ उल्लेखित छ ।
गण्डकी प्रदेश विकास प्राधीकरण गरिनेछ भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम परिमार्जन सहित निरन्तरता पाउनेछन् । अदालतको फैसाला कार्यन्वयन गर्न प्रत्येक मन्त्रालयमा फैसला कार्यन्वयन इकाई गठन गरिने नया कार्यक्रम आएको छ । युवाहरुलाई लागुपदार्थ दुव्यर्सन तथा अन्य अपराधिक गतिविधि विरुद्ध गण्डकी समाज सभ्य समाजक कार्यक्रम सञ्चालन गरिनेछ ।
अहिलेसम्म गण्डकी प्रदेशले ४० वटा विधियक प्रदेश सभामा पेश गरेकोमा ३३ पारित भएका छन । २२ गाउपालिका र ५ नगरपालिकामा खेल मैदान पहल अगाडि बढाइएको छ प्रदेशले आफ्नो उपलब्धि भनेको छ । साथै १०८ किलोमिटर कालोपत्रे भएको र २०७ किलोमिटर ग्राभेल भएको समेत बताएको छ ।
३३ वटा सडक निर्माण कार्य भैरहेको, १७५ सिंचाई निर्माण कार्य भैरहेको बताइएको छ । २९ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएका तथा १३० वटा खानेपानी योजना निर्माण जारी रहेको उल्लेख छ । ९५ वटा आयोजना सम्पन्न भै २९ हजार सात सय धारा निर्माण गरिएको उल्लेख छ ।
१४ हजार भन्दा बढी काठे पोललार्य स्टील पोलबाट विस्थापित गरिएको उल्लेख छ । जनता आवास कार्यक्रम मार्फत १ हजार ३२० घर निर्माण भएको र ८ सय १५ घर निर्माणधीन अवास्थामा रहेको समेत निति तथा कार्यक्रममा उल्लेखि गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया