दक्षिण कोरियामा सञ्चालनमा आएको केहीदिनमैं विद्यालय पुनः बन्द

कोरिया । दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो । कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो । अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २५१ विद्यालय बन्द गरिएको छ ।

राजधानी सियोलमा निर्धारण गरिएको ११७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ । शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला पर्यो । दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४०२ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया