फुङलिङको अग्नीपिडितलाई चुम्लुङ जापानको आर्थिक सहयोग

ताप्लेजुङ । किरात याक्थुङ चुम्लुङ जापानले ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ वजारमा गत वैशाख १९ भएको भिषण आगलागीवाट पिडित २८ घरधुरीलाई आर्थिक सहयोग गरेको छ ।

किरात याक्थुङ चुम्लुङ नेपालको समन्वय र चुम्लुङ ताप्लेजुङ जिल्लाको व्यवस्थापनमा कियाचु ताप्लेजुङको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी जनही पाँच हजार रुपैयाको दरले राहत वितरण गरिएको छ ।

कियाचु जापानले सञ्चालन गरेको राहत संकलन अभियानमा सहभागीता जनाई सहयोग गर्नुहुने जापानवासी यहाँहरु सवैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ  ।  यसैगरि राहत वितरण कार्यक्रमलाई सफल वनाउन समन्वयकारी भुमिका निर्वाह गर्नुहुने कियाचु नेपालका महासचिव निरन्ति तुम्वापो तथा केन्द्रीय कार्यसमिति, व्यवस्थापनको लागी खटनुहुने कियाचु ताप्लेजुङ साथै सचिव ईन्दिरा मेन्याङवो लगायत सवैमा किरात याक्थुङ चुम्लुङ जापानको तर्फवाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया