टोकियोमा आईतवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज आईतबार जुन ७ तारिख १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो शनिवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा आपतकाल हटाए पनि कोरोना भाइरस संक्रमण फैलिरहेको विज्ञहरुको भनाई छ । टोकियोमा आज नयाँ १४ सहित ५३८३ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया