काठमाडौं । सुनको मूल्य तोलाको १० हजारले बढेको छ । लकडाउनपछि पहिलोपटक आइतबार सुनचाँदीको मूल्य तोकिएको हो ।
लकडाउनअघि ७७ हजारमा कारोबार भइरहेको सुनको मूल्य आइतबार प्रतितोला १० हजारले बढेर ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले नियमित रुपमा मूल्य तोकिने र आंशिक रुपमा सुन पसल खोल्ने जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो ।
छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ९ सय ६० तोकिएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया