मृतक विवेक सापकोटाको परिवारलाई जापानबाट आर्थिक सहयोग

टोकियो । जापानको तोचिगी केनमा पौडि खेल्नेक्रममा खोला डुबेर निधन भएका मृतक विवेक सापकोटाको परिवारलाई आर्थिक सहयोग जुटेको छ । जापानमा रहेका नेपाली संघसंस्थाहरु तथा  तोचिगी केनमा रहेका नेपालीहरुको पहलमा सहयोग रकम संकलन् भएको हो । झापा घर भै तोचिगीमा सापकोटाको गत बिहिबार जापानमा नै दाहसंस्कार सम्पन्न भईसकेको छ । झापा समाज जापानका अध्यक्ष तुल्सी पाठकको जानकारी अनुसार कुल २५ लाख ३३ हजार ८ सय ३ येनमध्ये दाहसंस्कारका लागि  २ लाख ७१ हजार ७ सय खर्च भएर बचेको २२ लाख ६२ हजार १ सय ३ येन नेपाल पठाईन लागेको हो ।

झापा समाज जापानले,अन्तिम संस्कारको कार्यका लागि अहोरात्र खटनु हुने तोचिगी केनका शंकर केसी,भुवन हुमागाई, सुबाश जंग प्रसाई तथा मृतक  विवेक सापकोटाका साथिहरु एवं  दाहसंस्कारका लागि आर्थिक सहयोग गर्नुहुने सामाजिक संघ संस्था ,राजादुताबास तथा सम्पूर्ण ब्यक्तिहरुमा हार्दिक धन्यवाद  व्यक्त गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया