टोकियो । नेपलमा लकडाउनमा परि आफ्नो कर्मथलो जापान फर्किन नपाएकाहरुलाई सहजीकरण गर्ने नाममा चार्टर उडान संचालाक ट्राभल एजेन्सीहरुले मनपरी महँगो भाडा लिएकोमा गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले घोर भर्त्सना गरेको छ ।
एनआरएनए जापानले एक विज्ञप्ति प्रकाशन गरि उक्त कार्यमा संलग्नहरुको भर्त्सना गरेको हो ।
समस्यमा परेका नेपालीहरुलाई सहज होस भनि अनलाईन सर्वेक्षण गरि,राजदूतावास तथा एनआरएनए आईसिसीको माध्यमबाट सरकारको ध्यानाकर्षण गराई,चार्डट अनुमती दिलाउनका लागि लागि पर्यौँ तर व्यवसायीहरुले मनपरी भाडा तोकि झन समस्या थपिदिए, त्यसैले यसबारे सम्बन्धित सरोकारवाला निकायले अनुगमन गरि यस्ता कार्यमा संलग्न रहेकाहरुलाई कार्यवाही गर्न एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले विज्ञप्तिमार्फत माग गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया