विदेशबाट उद्धारको लागि भाडादर तयार : जापानको नारिताबाट ९३५ डलर तोकियो

काठमाडौं । विश्वका विभिन्न देशमा समस्यामा परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडसमेत निर्धारण गरेको छ । मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उडान तालिकासमेत तय गरिएको छ । यसमा ६७ वटा उडान तय भएको छ । नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुने गरी तालिका तय गरिएको उनको भनाइ छ ।
नेपालले पहिलो लटमा झन्डै २४ हजार नेपाली उद्धार गर्ने तयारी गरेको छ । तर, केही दिनदेखि भाडा तथा उद्धार गर्न जाने एयरलाइन्सका विषयमा विवाद हुँदा नेपालीहरूको उद्धार सुरु हुने सकेको थिएन । मन्त्रालयले तय गरेको भाडा एयरलाइन्सले पाउने भाडा हो ।
चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णयसमेत गरेको छ । यात्रुको व्यवस्था भने नेपाल सरकारको कूटनीतिक नियोगले गर्नुपर्ने छ । कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।
नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट नेगेटिभ आएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ ।

काठमाडौंसम्मको भाडादर अमेरिकी डलरमा
दमाम(साउदीअबर)-५९०
रियाद- ६३०
जेद्हा -७७०
जोर्डन -८१५
साइप्रस- ८७५
नारिता -९३५
खार्तुन(सुडान) -९४०
फ्रयाङकफर्ट- १२५५
लन्डन – १३४०
बांगलादेश -१६५
नयाँ दिल्ली -२०५
मुम्बइ -३१०
बैंगलोर -३३५
बैंकक- ३९०
कम्बोडिया -४००
दुबइ- ५००
आवुदाबी- ५००
सारजाह -५००
माल्दिभ्स -५०५
ओमन- ५१०
क्वाललम्पुर- ५२०
दोहा -५४५
बहराइन -५४५
हङकङ -५५०
कुवेत -५७०

फेसबुकबाट तपाइको प्रतिक्रिया