नवलपरासी समाज जापानले सुस्ता पूर्वका दुई गाउपालिकामा क्वारेन्टाइनको लागि सहयोग

जापान । नवलपरासी समाज जापानले नवलपरासी सुस्ता पूर्वका दुई गाउपालिका लाई क्वारेन्टाइन ब्यबस्थापनको लागि चाहिने सामाग्री गण्डकी प्रदेश सांसद बिष्णु लामिछाने बाट हस्तान्तरण गरेकोछ ।

नवलपरासी सुस्ता पूर्व नवलपुरबाट रोजगारीको, पढाई अथवा ब्यापार गर्ने को सिलशिलामा जापान आउनु भएका हरुले जापानमा रहुनु भएका नवलपरासी बाट आउनु भएका हरुलाई दु:ख सुखमा साथ दिन अनी आफ्नो जिल्ला मा परेका बिपत हरुमा पनि परदेश बाट पनि सहगोग गर्ने उदेश्यले नवलपरासी समाज जापान खोली निरन्तर जापानमा अनी आफ्नो जिल्लामा सहयोग गर्दै आएकोछ । संसार भरी कोभिड -१९ ले सन्त्रास भईरहेकोछ यस्तो अवस्थामा आफ्नो देशमा पनि जटिल परिस्थिति हुँदै गहिरहेको साथै तेस्मा पनि आफ्नो जिल्ला नवलपरासी सुस्ता पूर्व मा रहेके पहाडी भेगमा रहेका बौदिकाली गाउपालिका र बुलिङटार गाउपालिका बाट क्वारेन्टाइन ब्यवस्थापन गर्न जापानबाट एक लाख बिस हजार संकलन गरी बिस हजार काओसोतीमा रहेको सुनौलीबाट आएका हरुकालागी खाना खूवाउने ठाउमा बिस हजार अरु बाँकी रहेको ५०/५० हजार बराबरको क्वारेन्टाइनलाई चाहिने सामाग्री खरिद लागि ३ सदस्य खरिद समिती गराई क्वारेन्टाइन ब्यवस्थापनमा चाहिले लत्ता कपडा स्वास्थ्य सामाग्री बौदिकाली गाउपालिका र बुलिङटार गाउपालिकालाई हस्तान्तरण गरेको छ । क्वारेन्टाइनमा चाहिले सामाग्री गण्डकी प्रदेश सांसद तथा नवलपरासी सुस्ता पूर्वका नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु लामिछाने दुबै गाउपालिकाका अध्यक्ष हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रम मा गण्डकी प्रदेश सांसद लामिछानेले बोल्दै यस बिपतको घडीमा पनि बिदेशमा रहदा पनि आनो देश आफ्नो जिल्लाको यो माया यो सहयोगको लागि नवलपरासी समाज जापान प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया