जापान । जापानमा सेन्काकु र चीनमा डायाओयु भनेर चिनिने टापुको विषयमा जापान र चीनबीच विवाद पुनः बल्झिएको छ ।
टोकियोबाट दक्षिण पश्चिममा एक हजार ९ सय ३१ किलोमिटर क्षेत्रफल रहेको उक्त टापुको विवाद सन् १९७२ बाट बढ्दै गएको हो । जापानको ओकिनावा प्रान्तको इशिगा नगरपरिषदले विवादित टापुको प्रशासनिक स्थिति परिवर्तन गर्ने कानूनलाई अनुमोदन गरेसँगै दुवै देश विवादमा तानिएका हुन् । उक्त टापु समूहमा दुवै देशको दाबी छ ।अघिल्लो साता जापानका तटरक्षकहरूले चिनियाँ सरकारी जहाजहरू अप्रिल महिनाको मध्यदेखि दिनदिनै उक्त टापुमा देखिन थालेको जापान टुडेमा समाचार छ ।
चीनले सयौं वर्ष पूरानो उक्त टापु आफ्नो क्षेत्रमा रहेको दावी गरेपनि जापानले चीनको दावी गलत भएको भन्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया