वेलुकाजी थापा,गल्कोट हाल टोकियो जापान ।
हिउँ फुल्ने हिमाल भेकमा
गुराँस फुल्ने घुम्टे लेकमा
तोरी फुल्ने तराई फाँटमा
जीवन फुल्ने बैंस काखमा ।
मानिसको जीवन कथा
आंशु र हासोको मेल
दुई आत्माको मिलन
प्रणय सागरको भेल ।
गल्कोटको हावापानी
शितल शान्त आँगन
तिम्रो मधु आगमनमा
टोलाउँदै रम्छ मन ।
घुम्टेभरि गुराँस झुल्दा
रमाउछ सारा गल्कोट
लोक लय घन्किरहँदा
चल्छन सवका ओठ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया