जापान । टोकियोमा आज आइतबार २८ तारिख एकैदिन ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा जुन २८ तारिख कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ६० जना रहेको एनएचकेले जनाएको छ ।
हिजो शनिवार ५७ जना संक्रमित पुष्टि भएको थियो । आज ५:२७ बजे ६० जनासहित टोकियोमा संक्रमित कुल संख्या ६११४ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया