टोकियोमा आज थप ५८ जनामा कोरोना संक्रमण,संक्रमित ६१७१ पुग्यो

जापान । टोकियोमा आज सोमवार २९ तारिख एकैदिन ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५८ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो आइतबार ६० जना संक्रमित पुष्टि भएको थियो । आज ५ बजेपछि ५८ जनासहित टोकियोमा संक्रमित कुल संख्या ६१७१ पुगेको छ ।
टोकियोमा मानिसहरुको भिडभाड बढेसंगै संक्रमण बढिरहेको छ । कोरोनाको संक्रमण बढेकोले आफै सर्तक रहन पर्ने देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया