गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय भेला नागोयामा गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको चौथो बैठकबाट बिभिन्न बार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
क्षेत्रिय भेला गत मार्च १ तारिक निगता केनमा तोकिएता पनि कोरोनाको भाईरस महामारीका कारण केही स्थगित हुन गएको थियो अब भने अगष्ट २ तारिख आइचि केनको नागोया सिटीमा हुने भएको छ । उक्त भेलाको ब्यबस्थापन सम्पन्न गर्नका लागी संयोजक उपाध्यक्ष दिपक कार्कीलाई तोकिएको छ। साथै एनआरएनए जापानको बार्षिक साधारण सभा पनि आउने सेप्टेम्वर १९ तारिक क्युस्यु प्रान्तको फुकुओका सिटीमा गरिने निर्णय समेत गरिएको ले एनआरएनएमा आबद्ध सम्पुर्णलाई समय मिलाउन समेत अनुरोध गरिएको संघका महासचिब जनकबिक्रम शाहीले जानकारी दिनुभयो । कोरोना भाईरसको प्रभाव घटेको खण्डमा नेपाली नारीको महान चार्ड हरितालिका तिज कार्यक्रम गरिने र उक्त कार्यक्रमको संयोजन महिला संयोजक संगीता अधिकारीलाई तोकिएको छ ।
केही क्षेत्रमा एनआरएनए क्षेत्रिय समिती बिस्तार गरिने निर्णय पनि गरिएकोले उक्त भेला सम्पन्न गर्नका लागी उपाध्यक्ष दिपक कार्की संयोजकत्व रहने गरी नबिन निउरे, बिकास बस्नेत , रामकृष्ण श्रेष्ठ र श्याम खड्का को पाँच सदस्य समिति बनाएको छ।
एनआरएनए आईसिसीले गत बर्षबाट सुरू गरेको एक एनसिसी एक प्रोजेक्ट अन्तर्गत यस बर्ष प्राथमिकता को आदरमा पुर्पल फाउन्देशन नेपाल लाई कार्यसमिति सदस्यबाट नगद संकलन गरी पचास हजार हस्तांतरण गरिने भएको छ भने बैठकमा संघका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षतामा आइतबार सम्पन्न बैठकमा कोभिड १९ मा एनआरएनएको गतिबिधी र उपाध्यक्ष दिपक कार्की ले क्षेत्र क्षेत्रको बारेमा जानकारी गराउनुको साथै कोषाध्यक्ष कालिका थापाले आर्थिक बिबरण प्रस्तुत गर्नु भएको थियो भने एनआरएनए जापानले हालै आएको जापानको बिभिन्न क्षेत्रमा बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुखद प्रकट गर्दै ज्यान गुमाउनु हुने प्रति श्रद्धाञ्जली र घाईतेहरूमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रवक्ता सिद्धार्थ श्रेष्ठको हस्ताक्षरित शोक विज्ञप्ति समेत जारी गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया