काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये राउटे समुदायलाई राहत वितरण गरेको छ ।
जनजाति महासंघ अमेरीका फिप्नाले राउटे समुदायमा खाद्यान्नसहित टेन्ट लगाएतको सामाग्री वितरण गरेको फिप्नाका महासचिव नरेन्द्र थापा मगरले जानकारी दिनुभयो । सबै राउटे ५३ परिवारलाई राहत वितरण गरिएको छ । राहत वितरणमा विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर , नेफिन गुराँस गाउपालिका र समन्वयात्मक भुमिकाको लागी नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्याल र गुराँस गाउँपालिकाका अध्यक्षप्रती फिप्नाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
साथै फिप्नाले देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण भईरहेको जनाएको छ । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा १,६० घर मुसर समुदायलाई आषाढ २२ गते वितरण गरिएको । दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १, ५ मा ५३ परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका मजदुरहरूलाई ६५ परिवारलाई आषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा ५ मा आषाढ २६ गते वितरण गरिने फिप्नाका अध्यक्ष लोक चेम्जुनले जानकारी दिनुभयो । सुनसरीको मधुवन कोशी टप्पु ,कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई आषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरिीनिे जनाएको छ । प्रतिपरिवार परिवारलाई २५ किलो चामाल,२ किलो दाल,एक लिटर तेल र १ प्याकेट नुनका दरले वितरण गरिने छ । साथै उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरीरहेका आज पाचौ दिन भयो यो क्रम अझै ३ दिन चल्ने जनाएको छ । साथै उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरिएको छ ।
जनजाति महासंघ अमेरीका फिप्नाको आर्थिक सहयोगमा, नेपाल आदिवासी जनजाति महासंघ सचिवालय काठमाण्डौ,नेपालको समन्वयमा स्थानिय गाउँपालिका,स्थानिय संघसंस्थाहरू ,नेफिन शाखाहरू ,फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरीरहेका फिप्नाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया