टोकियो । गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता हुनेभएको छ । ‘राष्ट्रको लागि मेरो सपना’शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार, सम्बन्धित देशको स्थायी प्रमाणपत्र पनि लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई नेपाल राष्ट्र र राष्ट्रियतासँग प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागिताको लागि नेपाल बाहेक एसिया प्याशिफिक क्षेत्रमा बसोबास गर्ने विद्यार्थी हुनुपर्नेछ । अनलाईन जुम मार्फत (अडियो,भिडियो) हुने सो प्रतियोगितामा सहभागि हुन १९ वर्ष नकाटेको हुनुहुपर्नेछ । प्रत्येक प्रतियोगिले बढीमा ३ मिनेट सम्मको भिडियो पठाउनुपर्नेछ ।प्रतियोगितामा भागलिन इच्छुक विद्यार्थीहरुले आफू बसेको देशमा रहेको गैर आवासीय नेपाली संघमा ती भिडियो पठाउनुपर्नेछ । त्यसपछि एनआरएनएको सम्बन्धीत एनसिसीले बढीमा तीन जनाको छनौट गरि एसिया प्रशान्त क्षेत्रीय कमिटिमा पठाउनेछ । कमिटिमा पुग्न सफल प्रतियोगिमध्येबाट जुममार्फत लाईभ गरिनेछ । फाइनलमा पुग्ने प्रतियोगिले आफनो प्रस्तुती ३ मिनेटभित्र राखीसक्नुपर्नेछ । प्रतियोगिताको लागि तीन जना निर्णयक मण्डल रहनेछन् ।
प्रतियोगिता आगामी अगस्ट ९ तारिख आइतबार नेपालको समय ३ बजे हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।
संयोजक कँडेलका अनुसार पहिलो हुनेलाई १ लाख,दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार रुपैँया नगद पुरस्कार तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया