टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी निर्वाचनमा साहित्यकार दीप पाठकले उम्मेदवारी दिएका छन् । अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष पाठकले आगामी कार्यकालका लागी सदस्य पदमा उम्मेदवारी दिएका हुन ।
अन्तर्दृष्टिका प्रधान सम्पादक उनी जापानमा रहेर नेपाली भाषा खागसरि कविता र गजल लेखनमार्फत पाठकमाझ लोकप्रिय छन् । आफ्नो कार्यकालमा जापान च्याप्टर मार्फत उत्कृष्ट काम गरेबापत जापान च्याप्टरलाई उत्कृष्ट च्याप्टरको सम्मान दिलाएका पाठकले केन्द्रीय समितिमा रहेर अनेसासमार्फत नेपाली साहित्यको विश्वव्यापीकरणको अभियानलार्य अघि बढाउन आफूले उम्मेदवारी दिएको जनाएका छन । गतवर्ष वेद प्रसाद पौडेल उत्कृष्ट नेतृत्व पुरस्कारबाट सम्मानित पाठक गएका १० वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध छन् ।
आफू स्वस्थ्य प्रतिस्पर्धाबाट अनेसासको आगामी कार्यकालका लागी नेतृत्वमा जान चाहेको र निर्वाचित भएपछि अनेसासलाई सबैको साझा संस्थाका रुपमै अझै उचाईमा लैजाने प्रतिबद्धतासहित आफूलाई मतदान गर्न पाठकले आग्रह गरेका छन् ।
नेपालमा रहँदा पनि साहित्यका विभिन्न विधामा क्रियाशील पाठक विगत एक दशकदेखि जापानको टोकियोलाई कर्म क्षेत्र बनाएर नियमित कामसँगै साहित्यमा कलम चलाउदैं आएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको १६औ महाअधिवेशनका लागी आगामी जुलाई १७ देखी १९ सम्म अनलाइन भोटिङमार्फत नयाँ नेतृत्वको चयन गर्ने कार्य तालिका छ । आगामी कार्यकालका लागी अध्यक्ष पदमा प्रकाश पौडेल “माईला” निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १४ पदका लागी २२ जनाले उम्मेदवारी दिएका छन् ।
अनेसासको नयाँ नेतृत्व चयनका लागी विश्वभर रहेका २ हजार २ सय आजीवन सदस्यहरूले मतदान गर्न पाउने व्यवस्था छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया