जापान । टोकियोमा आज एकैदिन २९२ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज आईतवार अगस्ट २ तारिख ३ बजेसम्म २९२ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ४७२ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसंगै टोकियोमा १३ हजार ४५५ जना संक्रमित पुगेको छ । राजधानी टोकियोमा कोरोना संक्रमण उच्च रहेकोले जोखिम पनि बढेको छ । टोकियो महानगर सरकारले टोकियो शहरका रेष्टुरेण्ट,पसलहरु रातको १० बजे सम्म र धेरै मानिस जम्मा भएर पार्टी नगर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया