थप ४१८ जनामा कोरोना संक्रमण, २० हजार ७५० पुगे संक्रमित

काठमाडौं : नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ । हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया