काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले आज पत्राचार गर्ने भएको छ ।
एमाले र माओवादी केन्द्रको नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गरिने भएको छ । नेकपाको आधिकारिकता विवाद अदालतको फैसला शुक्रवारनै आयोगमा पुगेको थियो ।
अब तत्काल एमाले र माओवादी एकीकरणको सम्भावना नरहेकाले एमालेको चुनाव चिन्ह सूर्य र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया