कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक टे«सिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया