कैलाश खत्री, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फुलासी रामेछामा दुई वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
साउन २ गते शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको स्वास्थ्य समाग्रीमा ज्याकेट , माक्स, पन्जा, स्यानिटाइजर, साबुन, खानेपानी राख्ने जार रहेका छन । स्थानिय युवा ब्यवसायी तथा समाजसेवी राजेन्द्र अधिकारीले स्वास्थ्य सामाग्री उपलव्ध गराउनु भएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै समाजसेवी राजेन्द्र अधिकारीले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो। स्वास्थ्य सामाग्री उपलव्ध गरानु भएकोमा कार्यक्रमका बक्ताहरुले उहाँलाई धन्यावाद दिइएका थिए।फुलासी एम्वुलेन्स संचालक समितिका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि फुलासी गाविसका पूर्व अध्यक्ष एवंम बरिष्ठ लामा गुरु पदम बहादुर लामा रहनु भएको थियो ।
कार्यक्रममा युवासंघ रामेछाप जिल्ला संयोजक बुद्ध लामा, नेपाली काङ्ग्रेस रामेछाप दुई नम्बर क्षेत्रका क्षेत्रीय सदस्य सुमन चौहान(माईकल) फुलासी स्वास्थ्य केन्द्र इन्चार्ज सुरेन्द्र कुमार शाहा, स्वास्थ्य केन्द्र पोखरीका प्रमुख नविन कुमार लामा, फुलासी स्वास्थ केन्द्रकी अनमी बिन्दा खत्री, स्वास्थ्य व्यवस्थापनका उपाध्यक्ष सोमबहादुर लामा लगाएत रहनु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया