काठमाडौं । नेकपा (प्रचण्ड-माधव) पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।
प्रहरीले ५ घण्टाभन्दा बढी अपराध महाशाखामा राखिएपछि झाँक्रीलाई रिहा गरिएको हो । आफूलाई कसैले जिम्मा लिनु नपर्ने भन्दै उनी रिहा भएर निवासतर्फ लागेकी छन् ।
कार्यकर्ता झाँक्रीको रिहा पछि झाँक्रीको पक्षमा नारावाजी गरिरहेका थिए । उनी राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी थिइन्।
झाँक्रीले राष्ट्रपतिप्रति आफ्नो सम्मान सधैं रहेको लिखित वयान दिएपछि रिहा भएको प्रहरीले जनाएको छ ।
उनलाई राज्य विरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको थियो।


फेसबुकबाट तपाइको प्रतिक्रिया