भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भएको छ ।

भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिने क्रममा ओलीले अर्थपूर्ण दुईपक्षीय सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो ।

मन्त्रालयका अनुसार ओलीले मोदीलाई छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले गरेको भाषणाको सराहना समेत गरे । त्यस्तै दुवै प्रधानमन्त्रीले भविष्यमा पनि दुईपक्षीय छलफललाई जारी राख्ने र कोभिड–१९ विरुद्ध एकबद्ध भएर लड्ने विषयमा सहमति जनाएको परराष्ट्रले बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया