काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा संक्रमण भेटिएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया