प्रवासी नेपाली एकता मञ्ज जापानले छान्यो ४ क्षेत्रको नेतृत्व

टोकियो । प्रवासी नेपाली एकता मञ्ज जापानले ४ क्षेत्रको नेतृत्व चयन गरेको छ । शनिवार मञ्चका अध्यक्ष हवलचन्द्र लामा अध्यक्षतामा बसेको बैठकले नेतृत्व चयन गरेको हो । मञ्चको सचिव शालिकराम भण्डारीले संचालन गरेको उक्त बैठकले सो निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
प्रवासी नेपाली एकता मंचको संगठनात्मक एकता अन्तर्गत जापानका हाललाई ४ क्षेत्रमा नेतृत्वको ज़िम्मेवारी दिएको छ । बाकी क्षेत्रमा केही समय पछी गर्ने जानकारी क्षेत्रिय एकता कार्यदल संयोजक सिदार्थ श्रेष्ठले बताउनु भयो।
जसअनुसार हालको लागि नेतृत्व चयन भएका क्षेत्रहरु
•कान्तो(टोकियो)
संयोजक -श्रीकृष्ण अर्याल
सचिव -मदन थापा
•कान्साई(ओशाका)
संयोजक-टिकाराम कंडेल
सचिव -प्रकाश गैरे
• च्युवु(नागोया)
संयोजक-हरि दोङ तामाङ
सचिव -बिनोदकुमार सापकोटा
•क्यूसु (फुकुओका)
संयोजक-नवराज गौतम
सचिव -पुरुषोत्तम सिक्देल
गठन भएको छ । कोरोना कहरले घेरै समयपछी बैठक बसे पनी सामाजिक दुरी क़ायम गरी संगठनको काम कार्य अगाडी बनाउनु कर्तब रहेको सचिब सालिकराम भण्डारीले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया