नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको बताए ।काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार थप १ सय ३४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय चार पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १५ हजार २ सय ४३ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया