काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गरको हो । आज बसेको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो ।
समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले बैठकले कार्यदललाई सकारात्मक रुपमा लिएको बताए ।
दुई अध्यक्षले शुक्रबार महासचिव बिष्णु पौडेलको संयोजनमा ६ सदस्य कार्यदल गठन गरेका थिए । कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अध्यक्षद्वयले कार्यदल गठन गरेपछि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले कार्यदल सचिवालयबाट अनुमोदन गर्नुपर्ने दबाव दिएको थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया